संस्कृति जोगाउन 'भीमकाली साँझ'
पाेखरा | कात्तिक २९, २०८०
पोखरा: पोखरा महानगरपालिका १ बगरमा सक्रिय रहेको भीमकाली क्लबले संस्कृति जोगाउने उद्देश्यसहित देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ ।
भाइटीकाको पूर्वसन्ध्यामा ट्याक्सीचोकमा विभिन्न समुदायमा प्रचलित नृत्यहरु प्रस्तुत गर्दै तेस्रो भीमकाली साँझ सम्पन्न गरेको हो ।
उक्त कार्यक्रमको उद्घाटन पोखरा महागरपालिका १ का वडाध्यक्ष शाहारा प्रधानले गरे ।
सो अवसरमा बोल्दै वडाध्यक्ष प्रधानले भीमकाली क्लब सक्रिय रहेको बताउदै अन्य क्लबले पनि अनुशरण गर्नुपर्ने धारणा राखे ।

उनले भीमकाली क्लबको कार्यले समाज रुपान्तरण गर्न भूमिका खेल्ने बताउदै आगामी दिनमा पनि रचनात्मक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए ।
यस्तै कार्यक्रम संयोजक अनिश गुरुङले विगतका वर्षहरुमा जस्तै यस वर्षपनि संस्कृति संरक्षणको उद्देश्यसहित सांस्कृति साँझको आयोजना गरिएको बताए ।
उनका अनुसार गुरुङ, मगर, थकाली, तामाङ, राई लगायतका समुदायमा प्रचलित नृत्यहरु सो कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

‘हामीले हरेक वर्ष भीमकाली साँझ आयोजना गर्छाैं, उनले भने, ‘यसको उद्देश्य भनेको विभिन्न जाति तथा समुदायको नृत्यहरुलाई उजागर गर्ने हो । यस कार्यक्रमले धेरै थोरै भएपनि संस्कृति संरक्षण गर्न सघाउ पुग्ने विश्वास छ ।’
उनका अनुसार भीमकाली क्लब सांस्कृतिक क्षेत्रमा मात्रै नभएर खेलकुद र सामाजिक क्षेत्रमा समेत सक्रिय रहदैं आएको छ ।


काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...
काठमाडौं: नेकपा (एमाले) को ११ औं महाधिवेशनबाट निर्वाचित हुनुभएका पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । महाधिवेशनले सामयिक राजनीतिक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ। भक्...

